स्याङ्जामा बाँजो जमिनमा तितेपाती खेती
नेपालबहस संवाददाता
असार ५, २०७८ आइतबार २:१८:२३
५ असार, स्याङ्जा । धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायीकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायीक रुपले खेती गर्न लागेकी हुन् ।
पुतलीबजार नगरपालिका १४ आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनीज जातको तितेपाती खेतबारीमा लगाउन शुरु गरेकी हुन् । लकडाउनले उनले संचालन गरेको हस्तकला व्यवासय बन्द भएपछि लकडाउनलाई सदुपयोग गर्दै बाँजो जमिनमा उनले तितेपाती खेती शुरु गरेकी छन् । बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिनादेखी बाँजो जमिनमा तितेपाती खेती गरेको बताइन् ।
महिला उद्यमी समेत रहेकी क्षेत्रीले बाँदरले लगाएको बालीनाली नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको जानकारी दिइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितोपाती खेतीलाई व्यवसायीक बनाउने अभियानमा जुटेकी छन् ।
बाँदरको समस्याले गर्दा खेतवारी बाँजो राख्न बाध्य थियौ उनले भनिन्, तितेपातीको बिक्रि गर्ने जिम्मेवारी काठमाण्डौ स्थित कम्पनीले लिएको छ । खेतबारी बाँजो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलाउने भनेर खेती शुरु गरे उनले भनिन् । क्षेत्रीले अहिले १० रोपनी जमिनमा तितेपाती लगाउने गरेकी छन् ।
आर्युवेदीक औषधीका रुपमा प्रयोग हुने तितेपाती दुई दुई महिनामा काट्न मिल्ने क्षेत्रीको भनाई छ । कस्मेटिक आईटम लगायत अन्य सेवन गर्ने पनि यो प्रभावकारी हुने बताइएको छ । तितेपाती जापान निर्यात गरिदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताइन् ।
स्याङ्जाका हरेक बस्तीमा बाँदर आतङ्क छ । बाँदरले अन्नवाली नष्ट गरिदिएपछि मानिसहरुले वालीनाली नलगाएर खेतवारी बाँजै राख्न थालेका छन् । बाँदरले नष्ट नगर्ने उत्पादन स्याङ्जाका बाँदर पिडित किसानका लागि यो तितेपातीको खेती उत्तम हुने क्षेत्रीको सुझाब छ । नेपालमा पाईने भन्दा अलि चाम्रो र पातीको पछाडीको भाग सेतो रङ्गको हुन्छ ।
सुकाएको तितेपाती ५० रुपैया किलोमा बिक्रि हुने गरेको छ । क्षेत्रीले शुरु गरेको तितेपातीले साच्चिकै सफलता मिल्यो भने बाँदरले पनि नष्ट नगर्ने र कुनै किराले पनि आक्रमण नगर्ने भएपछि यो खेती फदायी हुने विश्वास गरिएको छ ।
चुरा, पोतेको डिजाईन बनाउन महिलाहरुलाई तालिम दिने उद्यमी महिलाले तितेपाती लगाएकोमा छिमेकीहरु पनि दङ्ग परेको क्षेत्रीले बताइन् । आर्थिक आयमा केही गर्छु भन्ने महिलाहरुका लागि स्थानीय सरकारले कुनै चासो नदिएकोमा क्षेत्री दुखी छन् । आफ्नै मेहनतले केही गर्नुपर्छ भन्ने ध्येय बोकेकी क्षेत्रीले व्यवसायमा धैर्यता र लगनशीलता हुने बताउछिन् ।
युवा प्रतिभा पुरस्कार २०७७ बाट गण्डकी प्रदेशबाट उत्कृष्ट छनोट पर्न सफल क्षेत्री महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दावी गर्छिन् । तालिम दिदै आएकी क्षेत्रीले तितेपातीलाई व्यवसायीक रुपले गरेको खेतीका लागि स्थानीय सरकारले पनि सहयोग गर्नु आवश्यक देखिएको छ । आयुर्वेदीक औषधीका लागि उपयोगी हुने भएकाले यसको बजारको ग्यारेन्टी रहेको आयुर्वेद चिकित्सकहरु बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार