सामुदायिक वनमा एक महिलाको शव फेला
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार १३:३८:८
६ असार, अमरगढी । डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।
गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो । घरपरिवार तथा स्थानीयवासीले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालिएको अवस्थाजस्तो देखिएको छ । प्रहरीले भने शव परीक्षणपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि शनिबार नै प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग प्रशासनसँग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार