कांग्रेसमा बूढाकै हालीमूहाली
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार १९:९:२
६ असार, काठमाडौं । नेपाली कांग्रेसले वाध्यत्मक अवस्थामा भदौको १६ – १९ गते राजधानीमा चौधौं महाधिवेशन गर्ने मिति तय गरेको छ । विधानले दिएको सबै सुविधा पूरा गरी संविधानप्रदत्त सीमा समेत कांग्रेस पूरा गर्ने अवस्थामा पुगेको छ । स्वभाविक रुपमा नयाँ नेतृत्वको चर्चा परिचर्चा सुरु भएको छ । पार्टीको मूल नेतृत्वमा को निर्वाचित होला भन्ने आम अपेक्षा रहेको छ । अर्थात सभापतिको दाबेदार को रहला भन्ने जिज्ञाशा कार्यकर्ता तहमा व्याप्त छ ।
अहिलेसम्मको परिवेशलाई राम्ररी अध्ययन गर्दा देखिन्छ–फेरि पनि कांग्रेस हाँक्ने उही बूढापाकाकै चान्स बढी छ । सभापतिका लागि शेरबहादुर देउवाले पहल थालिसकेका छन् । महाधिवेशनको नयाँ मिति तय भएपछि देउवाको सकृयता तीब्र भएको छ । हिजैबाट उनले प्रदेशगत रुपमा निकट नेताहरुसँग भेटघाट थालिसकेको छन् ।
देउवाको भेटघाट
पार्टी महाधिवेशन जसरी भएपनि गरिछाड्ने अठोटका साथ देउवा उभिएका छन् । गएको साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले महाधिवेशन जसरी भएपनि गराउने दृढता व्यक्त गरे । महाधिवेशन नगराएको कलंक बोक्न आफू तयार नरहेको उनले प्रष्टै पारे । लगत्तै उनी निकट केन्द्रीय सदस्यहरुसँग घनिभूत छलफलमा जुटेका छन् । हिजो देउवाले प्रदेश नं. १ र प्रदेश नं. २ का नेताहरुसँग भेट गरी महाधिवेशनमा आफू फेरि सभापतिमा लड्ने उद्घोष गरे । साथै, आफूलाई सघाउन पनि देउवाले सबैसँग अपिल गरेका थिए ।
आज बिहानै उनले बाग्मती प्रदेशमा रहेका निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । छलफलको क्रममा देउवाले प्रष्टै भनेका छन्–अब एक टर्म सभापति बन्ने हो । पार्टीलाई पुरानो हैसियत र साखमा पु¥याएर बिश्राम लिनेछु । मलाई सबैले एक पटक साथ दिनुप¥यो । देउवा निकट सबैले स्वभाविक रुपमा साथ दिने वचन दिए । तर देउवा क्याम्पमै लामो समय बसेका मधेसका प्रभावशाली नेता बिमलेन्द्र निधिले समेत सभापतिमा लड्ने भनेकाले केही अलमल भने देखिएको छ ।
निधिको दाबी
देउवा क्याम्कै एक हस्ती हुन् – बिमलेन्द्र निधि । लामो समय देउवाको सारथि बनेका निधिले यो पटक भने राजनीतिक जीवनलाई दाउमै राखेर बिद्रोहको संकेत गरेका छन् । हिजो देउवाले बोलाएको बैठकमा निधिले यसपटक भने आफू सभापतिको उमेदवार हुने दाबी फेरि दोह¥याए । तर देउवाले मानेनन् । बरु अर्काेपटक भने निधिलाई सघाउने बताए ।
तर निधिले अब आफू पार्टी सभापतिमा अर्काे पटक दाबी नगर्ने बरु देउवालाई प्रधानमन्त्री बनाउने अडान लिए । ७० वर्ष पूरा भएपछि मैले पार्टीको महत्वपूूर्ण जिम्मेवारीमा दाबी गर्दिन ,त्यसैले अहिले नै मेरो अन्तिम दाबी हो भन्दै निधिले देउवाको समर्थन लिन चाहेका छन् । तर देउवाको सकृयता र चाहना हेर्दा निधिले त्यो अवसर अहिल्यै पाउने देखिएको छैन ।
देउवाकै कारण ओलीको दम्भ
पार्टी महाधिवेशनमा देउवाले फेरिपनि दोहरिन चाहेपछि निधि पक्षको आज बिहान छुट्ट भेला भएको थियो । भेलामा देउवाको हातमा फेरि पनि पार्टीको सत्ता गयो भने कांग्रेसले आशातित सफलता पाउन नसक्ने निश्कर्ष निकालिएको छ । देउवाकै कारण प्रधानमन्त्री केपी ओलीमा अहंकार र दम्भ बढेको विषयमा समेत छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षीको भन्दा भाइ सरकारको भूमिकामा कांग्रेसलाई केन्द्रित गर्ने काम देउवाबाट विगतमा भएकाले अहिलेको अवस्था आएको सहभागीहरुले निश्कर्ष निकालेका छन् । अहिले आएर देउवामा ओलीलाई हेर्ने दृष्टिकोण बदलिएपनि जनतामा भने नकारात्मक सन्देश प्रवाहित भएको उनीहरुले चर्चा गरेका थिए ।
त्यसैले अब मधेसबाटै कांग्रेसले नेतृत्व दिन सक्दामात्रै सहज हुने पनि उनीहरुले छलफल गरेका थिए । त्यसका लागि निधि नै सबैभन्दा बलियो र भरपर्दाे पात्र भएको उनीहरुको ठहर रहेको थियो ।
संस्थापन इतरमा पनि बेमेल
संस्थापन पक्षमा देउवा र निधिले नेतृत्वको चाहना प्रकट गरेपनि संस्थापन इतरमा आधा दर्जन भन्दा बढीको दाबी रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री डा. शशांक कोइराला होस् कि डा. शेखर कोइराला सबैलाई सभापति नै चाहिएको छ । यस्तै प्रकाशमान सिंह, सुजाता कोइराला, रामशरण महत वा अर्जुननरसिंह केसीले पनि सभापति नै ताकेका छन् ।
कसैले कसैलाई नस्वीकार्ने रोग यहाँपनि छ । खासगरी पौडेल र कोइराला दाजुभाइको दाबेदारी अलि भारी देखिन्छ । यो समूहबाट पनि कम्तिमा दुईजनाको उमेदवारी पर्ने लगभग निश्चित जस्तो छ । त्यो अवस्थामा देउवालाई अलिस सहज हुने धेरैको ठम्याइ छ ।
कृयाशील सदस्यतामा युवा आकर्षण
यसपटक नेपाली कांग्रेसले कृयाशील सदस्यता बढाउने निर्णय गरेका थियो । सोही बमोजिम अहिलेसम्म कांग्रेसको सकृय सदस्यता संख्या साढे आठ लाख पुगेको छ । विगतमा केवल पाँच लाख मात्रै सदस्य थिए । अहिले थपिएकामध्ये धेरै जसो युवाहरुको संख्या देखिएको छ । १८ – ४० वर्ष उमेर समूहको संख्या झण्डै ३४ प्रतिसत रहेको छ ।
यो संख्या कांग्रेसमा सबैभन्दा बढी हो । युवा पुस्ताको आकर्षण कांग्रेसप्रति थपिएको राम्रो संकेत पनि हो । त्यसैले नयाँ पुस्ताले आफ्नो अभिमत कुनै न कुनै रुपमा प्रकट गर्न खोजेको देखिन्छ । यो पुस्ताको भावनाको प्रतिनिधित्व न त देउवाले गर्न सक्ने अवस्था छ , न रामचन्द्र पौडेल वा विमलेन्द्र निधिले नै ।
त्यसका लागि युवा पुुस्ताकै नेतृत्व आवश्यक छ । उमेर ५० नाघेकाहरुले यो उर्जाशील जमातको भावना पनि बुझ्न सक्दैन र सर्भिस डेलिभर पनि गर्न मुश्किल छ । त्यसैले यही उमेर समूहका नेताहरुले मैदानमा आउने साहस गर्नु आवश्यक छ ।
आँट छैन युवा नेताको
युवा पुस्ताले साथ नदिएसम्म अबको निर्वाचनमा कुनै पार्टीले जित्ने स्थिति छैन । जुन पार्टीमा युवा जमातले विश्वास गर्छ त्यसैले शासन सत्ताको बाग्डोर सम्हाल्ने अवस्था छ । पार्टी भित्र युवा पुस्ताको संख्या बढेपनि त्यो जमातको चाहना बमोजिम नेतृत्व गर्ने साहस युवा नेताहरुमा छैन । गगन थापा होस् वा गुरुराज घिमिरे या विश्वप्रकाश शर्मा होस् की बद्री पाण्डे , उनीहरु आफैं हिम्मत गर्ने तहमा पुगेका छैनन् ।
अहिलेसम्म युवा पुस्ताका लागि आकर्षक व्यक्तित्व निर्माण गरेपनि उनीहरु आफ्नै खुट्टामा उभिने साहस गर्ने तहमा पुुगेका छैनन् । कसैले देउवाको दौराको फेरो समाएका छन् त कसैले पौडेलको कमिज तानेका छन् । यस्तै कृष्ण सिटौला रुपी अर्काे बार्गेनिङ ग्रुपको पछाडि लागेर पद र हैसियत पाउने लालसा बोकेकाहरु पनि बेकामे नै छन् ।
कसैको हिम्मत छैन , आफ्नो बलबुतामा नेता हुने । बेला बेला उनीहरु युवाहरुको छुट्टै समूह बनाउने कुरा भने गर्छन् । तर ख्वामितहरुले एक पटक हकार्ने वित्तिकै सामसुम भइहाल्ने विचित्रको स्वभाव उनीरुमा व्याप्त छ । जसले गर्दा फेरि पनि युवा जमातले एकपटक निराशा नै हात पार्ने अवस्था देखिएको छ । तर युवा भावनाको कदर र सम्मान गर्न कांग्रेस चुक्यो भने त्यसले दिने दुष्परिणाम भयावह हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार