Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार
प्राकृतिक प्रकोप

नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १७:०१


६ असार, काठमाडौं । सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढीपीडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढीपीडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्षद्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

हालैको भिषण बर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षती पु¥याई त्यस क्षेत्रका बासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुख व्यक्त गरेका छन् ।

बाढीमा परी असामयिक निधन हुनु भएकाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?