पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार २३:९:४८
६ असार, पर्सा । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा थप्न गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र जिल्लामा संक्रमण घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ ।
समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् ।
साथै खाद्य वस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई खोल्न पाइने व्यवस्था गरिएको छ ।
होटल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी टेह अवे सेवा र होम डेलीभरी गर्ने गरि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना लगायत समूहमा खेलिन खेदलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु भने सञ्चालन गर्न नपाईने उल्लेख छ । पर्सामा वैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार