Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
खोज/विशेष

अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १७:३८


६ असार, काठमाडौं । अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने भएको छ । उपत्यकामा तीन जिल्लाका सिडियोहरुको बैठकले बार अनुसार अब पसल सञ्चालन गर्न पाइने निर्णय गरेको हो ।

यस्तै बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपेको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएकाे छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यसपटक निजी सवारीसाधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको छ ।

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?