ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १७:२०:५२
मधुमेहलाई मूलतः १. टायप वान मधुमेह, २. टायप टू मधुमेह . ३.गर्भावस्थामा हुने मधुमेह र ४. अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरीएकोछ। टायप १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह ,बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप २ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरुहुने मोटोपनासँग सम्बिन्धीत जस्तानामले सम्बोधन गरीन्छ।
तेसैगरी गर्भावस्थाको कारणले हुने मधुमेह तश्रो प्रकारको मधुमेह हो भने, ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसि¨ सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।
यी चार किसिमका मधुमेहहरू मध्ये टायप १ मधुमेह अथवा इन्सिुलिन आश्रित मधुमेहकाे उपचार इन्सुलिन थेरापि बाटै गर्नुपर्ने हुन्छ भने टायप टू मधुमेह अथवा इन्सिुलिन अनाश्रित मधुमेहलाइ पनि यदि जीवनशैली परिवर्तन गरेर वा औषधि खाएर पनि रक्त ग्लूकाेज नियन्त्रणामा नआएमा इन्सुलिननै लगाउनु पर्ने हुन्छ।
कसले लिने ईन्सुलीन ?
१.अनियन्त्रित मधुमेहले पिडित गर्भवति स्त्री ।
२.यदि खाने औषधीले मधुमेह कन्ट्रोल नभएमा ।
३.मुटुका रोग भएका , हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा , मिर्गौला,नशा,खुट्टा जस्ता सम्वेदनशिल अंगलाई हानी पुर्याइ सकेको अवश्थामा ।
४.टायप वान डाइविटिज र कुपोषण को कारणले हुने मधुमेहमा
५.एडभान्स (झ्याङ्गिसकेको) मधुमेहमा ।
कसरी लिने इन्सुलिन
१. चिकित्सकले बताए अनुसारको मात्रा लिनु पर्छ ।
२. इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर पेन सुईभन्दा सजीलो हुन्छ।
३. तोकिएको मात्रा निर्धारण गरेर खाना खानु भन्दा १०—१५ मिनेट पहिले लिनु पर्दछ ।
४. एक टाएम को इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डवल डोज लिनु हुँदैन ।
५. दुई इन्सुलिन को बीच १०—१२ घण्टाको ग्याप हुन जरुरी छ।
६. इन्सुलिन लाई चिसो तथा सुख्खा ठाउँमा राख्ने गरौं।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार