Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १२:३६


७ असार, वासिङ्टन । अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?