Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १२:१३


साउन १६ गते एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आउँदै

७ असार, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको भन्ने पनि जनाउँछ ।

यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?