Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार ११:४९


७ असार, काठमाडौं । आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्। आइतबार राति साढे ८ बजे पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

पोखरिया नगरपालिका वडा नम्बर-५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?