कोरोनाको मुख्यथलो बन्दै रोपाइँ
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १९:१२:४०
७ असार, दुल्लु । कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदै हरेक गाउँका खेतमा रोपाइँ धमाधम चलिरहेको छ ।
भारतबाट फर्केका व्यक्ति कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधैँ खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ । अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छ्रैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ ।
दिनहुुँ दैलेखका प्राय खेतमा मानिसको बाक्लो उपस्थितिमा धमाधम रोपाइँ गर्ने काम चलिरहेका छन् । शुरु–शुरुमा गाउँमा कोरोनाको डर मान्ने गरे पनि अहिले भने कसैलाई त्यसको डर छैन । अहिले सामाजिक दुरी कायम नगरी भेला हुँदा कोरोना सङ्क्रमण फैलिन्छ भन्ने डरत्रासविनै रोपाइँ गर्न प्राय मानिस जुट्ने गरेका छन् ।
“दिनहुुँ जसो रोपाइँको पालो छ रोपाइँमा नगइ छैन, मानो उमारेर मुरी बनाउने समय हो, अब कोरोनाको डर मानेर बसेर घरमा बसे भोलि पेट भोकै हुन्छ”, भन्छन् नारायण नगरपालिका–४ का किसान भवी न्यौपाने । कम्तीमा ४०÷५० जना दैनिक रोपाइँमा सामाजिक दुरी कायमलगायत स्वास्थ्य मापदण्डविनै रोपाइँ गर्ने गरेको किसान बताउँछन्।
रोपाइँ शुरु भएसँगै यो नियती किसानको दिनचर्या नै बनेको किसान बताउँछन् । सबै मिलेर सगोलमा काम नगरे आफ्नै छाक बन्द हुने भएकाले काममा जुटेको भैरवीका किसान सुरज गुरुङले बताए ।
उनको मात्र होइन अहिले दैलेखका प्राय खेतमा भेटिने सबैले यही उत्तर दिने गरेका छन् । पछिल्लो समय रोपाइँ नै कोरोनाको थलो बन्न सक्ने सम्भावना र खतरा बढेर गएको स्वास्थ्यकर्मीले आशंका गरेका छन् । महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दसौदी कोरोना संक्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने कुनै पनि मापदण्ड रोपाइँमा नअपनाइदा फेरि रोपाइँसँगै अर्को महामारी फैलिन सक्ने निकै सम्भावना बढेर गएको बताउँछन् ।
बिहानदेखि रोपाइँ नसकुञ्जेल ४०÷५० जना भेला हुन्छन् । कुनै एकलाई कोरोना भए पूरै समुदाय नै सङ्क्रमणको शिकार हुने निश्चित रहेको र महामारी फैलिने खतरा बढेको उनले आशंका गरे । रोपाइँले कोरोना सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला अस्पताल दैलेखका निप्रमुख थिरप्रसाद रेग्मीले पनि चिन्ता व्यक्त गरे ।
“कोरोना फैलिएर समुदाय नै समाप्त नहोस्, अनि त्यस्ता सम्भावित खतरा टार्न र कोरोना नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो, तर रोपाइँको सिजनले कुनै पनि गाउँमा नियम पालना भएको छैन”, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने ।
तत्काल जिल्लास्थित कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारबालासँग सुझाव लिने काम गरिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार