Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

रुपन्देहीको दशगजाबाट ३ किलो चरेश बरामद

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १४:२१


७ असार, रुपन्देही । प्रहरीले रुपन्देहीको दशगजाबाट अवैध लागूऔषध चरेश बरामद गरेको छ । रोहिणी गाउँपालिका-१ दशगजा ठुलो पिल्लरबाट करिब ३ किलो ५ सय ३६ ग्राम अवैध लागूऔषध चरेश आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो

नेपालबाट भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरु प्रहरी चौकी वगाहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त चरेश छोडी फरार भएपछि चरेश प्रहरीले बरामद गरेको बताएको छ ।

साथै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब ६० हजार रुपैयाँ मूल्य बराबरको २ वटा पाडा समेत प्रहरीले बरामद गरेको छ । उक्त कार्यमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?