निधि, शशांक र प्रकाशमान गोप्य वार्तामा
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २१:२६:१०
७ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि क्रियाशील भएसँगै उनी पक्षकै विमलेन्द्र निधिको दौडधूप पनि तीब्र भएको छ ।
देउवाले प्रदेशस्तरीय केन्द्रीय सदस्यहरुसँग निरन्तर छलफल गरिरहेका बेला त्यसलाई काउण्टर दिन निधिले पनि गतिविधि अगाडि बढाएका छन् । आज उनले आफ्नै निवासमा दुई जना प्रभावशाली नेताहरु डा. शशांक कोइराला र प्रकाशमान सिंहलाई लञ्च मिटिङमा डाकेका छन् ।
बीपी कोइरालापुत्र डा. शशांक , गणेशमान सिंहपुत्र प्रकाशमान र महेन्द्र निधिपुत्र बिमलेन्द्रको यो भेटघाटलाई कांग्रेसभित्र निक्कै महत्वका साथ लिइएको छ ।
देउवाले निधिलाई विश्वास नगरेकाले उनी आक्रोशित छन् । त्यसैले यसपटक आफैं उम्मेदवार बन्ने जानकारी दिइसकेका छन् । यसैक्रममा आजको मिटिङ डाकिएको पनि निधि निकट स्रोतले बतायो । देउवालाई रोक्न मात्र नभइ अब अर्काे पुस्तामा नेतृत्व हस्तान्तरण गर्नका लागि आफूहरु एकजुट हुनुको विकल्प नरहेको निधि निकट स्रोतले बताएको छ ।
कांग्रेसलाई युवा पुस्ताकाे आकर्षक र समयानुकूल बनाउनुपर्ने भन्दै उनले अब नयाँ पुस्तामा नेतृत्व जानै पर्ने लबिङ थालेका छन् । सकेसम्म सर्वसम्मतिले नै चौधौं महाधिवेशनमा नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । त्यसका लागि आजको मिटिङ ज्यादै महत्वपूर्ण रहेको बताइएको छ । निधिले देशैभरिका नेता कार्यकर्ताहरुसँग संवाद थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार