Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
राजनीति

एमालेमा बन्नै लागेको सहमति संकटमा

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार २०:३३


७ असार, काठमाडौं । माधव नेपाल कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।

स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उनीहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ । सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउएका छन् ।

यसैबीच, नेपालले आफूहरुले पार्टी एकता बचाउन खोज्दा त्यसलाई अध्यक्ष केपी ओलीले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालले यस्तो आरोप लगाएका हुन्।

यदपी स्टाटसमा अध्यक्ष ओलीको नाम भने उल्लेख गरिएको छैन। कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकाेमा उनले असन्तुष्टि जनाएका हुन् । ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,’ नेता नेपालको स्टाटसमा लेखिएको छ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

यसरी अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएसँगै एमालेमा बन्नै लागेको सहमति संकटमा परेको छ। ओली पक्ष भ्याकेटमा गएसँगै नेपाल पक्षले यसलाई पार्टी एकता नगर्ने षड्यन्त्र भएको उल्लेख गरेकाे छ ।

नेकपा एमालेका एकथरि नेता पार्टी एकताको रटान लगाइरहेका छन् । ओली पक्ष रहेका हुन् वा नेपाल पक्षका केही नेताको ध्याउन्न एकतामै रुमल्लिएको छ । तर शीर्ष नेताहरु भने अबको नक्कली एकताको कुनै अर्थ नरहेको तर्क गरिरहेका छन् । ओलीको यो दोहरो भूमिकाले साँच्चै एकता की रणनीतिक एकता भन्ने भ्रम सिर्जना गरिदिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?