Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार २१:३१


७ असार, काठमाडौं । सर्वोच्च अदालतले कोभिड –१९ को संक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले संक्रमण घटदै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।उनका अनुसार अहिलेको व्यवस्थापन र सेवाप्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ ।

उनले प्रचलित कानून वमोजिम हुनसक्ने मिलापत्र र मुद्धा फिर्तासम्बन्धि कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहो¥याइ पाउँ भन्ने निवेदनको सुनवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताए ।

यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायधीकरणको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?