बागलुङमा निषेधाज्ञाको स्वरूपमा फेरबदल
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १६:४१:६
८ असार, बागलुङ । खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ ।सोमाबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’मार्फत सेवा प्रदान गर्न पाउने भएका छन् ।
‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, सैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर आदि भने सञ्चालन गर्न नपाइने भएको छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले बिहान ९ देखि १२ बजेसम्म नियमित सेवा दिनेछन् । यस्तै जोर–बिजोर प्रणाली अपनाएर निजी सवारीसाधन चलाउन दिने निर्णय गरिएको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । चार पाङ्ग्रे निजी सवारी साधनमा चालकसहित बढीमा चार जना मात्र यात्रु राख्न पाइनेछ ।
मानिस भेला हुने र भीडभाड हुनेजस्ता सबै कार्यक्रममा भने रोक लगाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ । जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार