चर्चित दुई मुद्धामा आज दुबै पक्षबाट बहस पैरवी हुने
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १७:५७:१
८ असार, काठमाडौं । नेपाली राजनीतिको केन्द्रका रुपमा रहेको नेकपा एमाले सम्बद्ध दुई मुद्धाको सुनुवाई आज सर्वाेच्च अदालतमा भइरहेको छ । जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटनपछि काम चलाउ हैसियतमा रहेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदमा गरेको पुनर्गठन गैरसंवैधानिक भएको भन्दै सर्वाेच्चमा परेको रिटको सुनुवाई प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा र न्यायधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओलीको हैसितय कामचलाउ भइसकेको तर कार्यकारी प्रधानमन्त्रीको हैसियतमा पुनर्गठन गरेको भन्दै बदर गर्न माग गरेका छन् । यसअघि जेठ २५ गते न्यायधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले यो रिटमाथि सुनुवाई गर्दै आज दुबै पक्षलाई बोलाएको थियो । आज यसमा दुबै पक्षबाट बहस पैरवी हुनेछ ।
यस्तै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पक्षले फागुन २८ गते केन्द्रीय कमिटीलाई दसौं महाधिवेशनमा रुपान्तरण गरेको निर्णय खारेज गरी कर्णाली प्रदेशका चार जना सांसद्माथि गरेको कारबाही तत्काल नगर्नु भन्ने सर्वाेच्चको अन्तरिम आदेशमाथि भ्याकेट हालेकोमा आजै सुनुवाई भइरहेको छ ।
न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुुयाँल रहेको संयुुक्त इजलाशले यसमा सुनुवाई गर्ने भएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको प्रयास गरिरहेका बेला भ्याकेट हालेर अर्काे पक्षलाई चिढाएका छन् । त्यसैले यी दुबै रिटमाथि हुने आदेशले मुलुकको राजनीतिको दिशा नै बदलिन सक्ने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार