प्रविधिमैत्री बन्दै खजुराका किसान
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १८:३२:२७
८ असार, राँझा । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ ।
यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले स्रोत संरक्षण आधुनिक कृषि प्रविधि र सिँचाइमा सहयोग गर्दै आएको बताए ।
उनले कृषि उत्पादन अभिवृद्धिका लागि गुणस्तरीय बीउविजन, मलखाद्य र आवश्यक परामर्शसमेत प्रदान गरिरहेको उल्लेख गर्दै कृषि पेशाप्रति किसानलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने योजना पनि गाउँपालिकाको रहेको बताए। खजुरा क्षेत्र व्यवसायिक तरकारी खेतीका लागि बाँके जिल्लामै प्रसिद्ध छ । यहाँ उत्पादन हुने तरकारी नेपालगञ्ज बजारमा पुग्ने गरेको खजुराका अगुवा किसान गेहेन्द्र धितालको भनाइ छ । उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ छ ।
गाउँपालिकाले सिँचाइ सुविधाका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत सोमबार मात्रै १८ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा सो मोटर प्रदान गरिएको हो । करिब रु। १७ हजार मूल्य पर्ने १ दशमलव ५ हर्ष पावरको सो मोटरले २ इन्च पानी फाल्ने बताइएको छ । किसानको माग अनुसार नै मोटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।
त्यस्तै गाउँपालिकाको यो अभियानमा साझेदारी गर्दै खजुरास्थित जनता दुग्ध उत्पादक सहकारी सस्थाले सहकारीआवद्ध किसानलाई घाँस काट्ने मेसिन चाप कटर वितरण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तरर्गत सो सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका खजुराका ४० किसानलाई घाँस काट्ने मेसिन अनुदानमा वितरण गरिएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार