कांग्रेसमा देउवालाई रोक्ने निधि अभियान
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १९:९:१८
८ असार, काठमाडौं । नेपालको राजनीतिमा दुई प्रमुख पात्र छन् अहिले –नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । यी दुबै पात्रको राजनीति अब विस्तारै ओरालो लागेको अनुभूति सँगसँगै हुन थालेको विश्लेषकहरु ठान्छन् ।
साढे तीन वर्षअघि झण्डै दुई तिहाईको समर्थनमा सत्तामा आएका ओलीको राजनीतिक यात्रा विस्तारै ओरालो लागेको छ । यतिखेर उनीसँग बहुमत समेत छैन । जसपाको महन्थ ठाकुरको बैशाखीमा उनी सत्ता यात्रामा हेलिएका छन् । तर आफ्नै पार्टीको विश्वास भने उनले गुमाइसकेको अवस्था छ ।
ओलीले प्रतिनिधिसभाको दोस्रो पटक हत्या गरेपछि उनकै पार्टीका दुई दर्जन सांसद प्रतिपक्षी दलकै नेताको नेतृत्वमा वैकल्पिक सरकार बनाउने तहसम्मको यात्रामा हेलिएका छन् । यसले ओलीको राजनीतिक भविष्य नै कसरी अगाडि बढ्ला भन्ने प्रश्न खडा भएको छ । तर छलछाम र फरेब राजनीतिको कुशल खेलाडी भएकाले ओलीले कतिखेर कुन फण्डा फ्याँक्ने हुन् भन्न सकिन्न । तैपनि अब भने ओली प्रतिरक्षात्मक अवस्थामा पुगिसकेका छन् ।
अर्कातिर कांग्रेस सभापति देउवा फेरि पनि पार्टी र सत्ताको नेतृत्व हत्याउने दाउपेचमा लागेका छन् । सर्वाेच्च अदालतले सही निर्णय गर्दा सत्ता प्राप्ति देउवाका लागि टाढा देखिंदैन । तर पार्टीको बाग्डोर हत्याउने उनको दाउ भने अहिले सहज देखिएन । लामो समय आफ्नै गुटको पक्षपोषण गर्दै आएका नेता विमलेन्द्र निधिको चुनौती देउवाका लागि टाउको दुखाई भएको छ ।
चौधौं महाधिवेशनमा आफूलाई सघाउने वचन देउवाले विमलेन्द्र निधिलाई दिएको उनको भनाइ रहेको छ । तर अब पनि देउवा नै सभापतिका लागि अग्रसर भएकाले निधिले राम्रैसँग च्यालेञ्ज गरेका छन् । गएको शनिबार देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने क्रममा फेरि पनि सभापतिको लागि सहयोग गर्न आग्रह गरे । तर निधिले भने तत्कालै प्रतिवाद गरे । झण्डै आधा घण्टा त देउवा र निधिबीच दोहरी नै चलेको थियो । देउवाले भनेका थिए– सभापतिमा लड्ने हक तपाईंको पनि छ , मेरो पनि । तपाईंको इच्छा ।
देउवाले यति भनिसक्दा निधिको मनमस्तिष्क बदलिसकेको थियो । झण्डै ८० वर्षकाे वयमा पनि देउवाको सत्ताप्रतिको आशक्तिले निधिलाई मात्र नभई धेरैलाई आक्रोशित बनाएको होला । तर चुनौती नै दिने आँट चाहिं निधिमा देखियो । यद्यपि गोपालमान श्रेष्ठले समेत देउवा पक्षबाट आफू उम्मेदवार रहने रुञ्चे स्वर उरालेका छन् । त्यो पनि देउवाकै रणनीति अन्तर्गत आएको धेरैको बुझाई छ ।
कांग्रेस कार्यकर्ताहरुलाई लागेका छ–देउवा क्याम्पबाट अर्काे उम्मेदवार हुने छैन । देउवाले चाहेसम्म कसैले पनि चुनौती दिनेवाला छैनन् । तर यस्तो आम सोच र धारणालाई गलत साबित गर्न तम्सिएका छन् निधि । देउवाले उठ्न चुनौती दिएलगत्तै निधिले संस्थापन इतरसँगको सम्बन्ध सुधार्ने प्रयत्न थालेका छन् । पार्टी भित्र आफ्ना प्रतिस्पर्धीका रुपमा रहेका महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग हिजै मात्र उनले लञ्च मिटिङ गरे । साँझ संस्थापन इतर पक्षका युवा पुस्ताका नेताहरुसँग पनि भलाकुशारी गरे ।
यी दुबै भेटमा निधिले आफैं हुनुपर्छ भन्ने भन्दा बूढापुस्ताको विकल्प दिनेवेला आयो भन्नेमा बढी जोड दिए । निधिको प्रस्तावप्रति युवा पुस्ताका नेताहरु सहमत देखिए । त्यसका लागि दोस्रो पुस्ताका नेताहरु कै अग्रसरता बढी फलदायी हुने उनीहरुको धारणा देखियो । देउवाको चुनौती स्वीकार गरेका निधिले गरेको यो भेटघाटको राजनीतिक वृत्तमा गतिलो प्रभाव परेको छ । खासगरी बूढानिलकण्ठलाई निधिको सकृयताले उल्झनमा पारिदिएको छ ।
निधिको समर्थन नपाएको अवस्थामा देउवाले चुनाव जित्न सहज देखिंदैन । तर देउवा भने निधिलाई फकाउने भन्दा कृष्ण सिटौला पक्षको साथ र समर्थन लिन बढी आतूर देखिएका छन् । निधिको क्षतिपूर्ति सिटौलाले गर्ने विश्लेषण देउवा पक्षको देखिन्छ । तर सिटौला पनि त्यति सजिलै देउवाको पक्षमा जाने अवस्था देखिंदैन । किनभने देउवासँगको सहकार्यले गगन थापा , प्रदीप पौडेल जस्ता जल्दाबल्दा नेता गुमाउनुपर्ने हुन्छ सिटौलाले । गगन र प्रदीपले प्रष्टैसँग भनेका छन्–देउवा क्याम्पमा जाने भए हाम्रो साथ र समर्थन रहनेछैन ।
गगन र प्रदीप जस्ता युवा पुस्ताका नेताको साथ नपाएको स्थितिमा सिटौलाको शक्ति पनि कमजोर नै हुने देखिएको छ । त्यसैले उनी देउवासँग सहकार्य गर्ने विषयमा सोच बिचार गर्ने अवस्थामै रहेको बुझ्न सकिन्छ । अर्कातिर निधिले संस्थापन पक्षलाई कमजोर बनाउन सबै पक्ष र तप्काका नेता कार्यकर्तासँगको भेटघाटलाई तीब्रता दिएका छन् ।
उनले आफ्नो पक्षमा माहोल बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक, डा.शेखर लगायत सिटौलासँग पनि भेट गरेका छन् । यो क्रम आगामी दिन अझै तीब्र पार्ने उनको तयारी छ । अहिले निधिको चाहना भनेका बूढा पुस्ताबाट दोस्रो पुुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भन्ने रहेको छ । उनको यो अभियानमा युवा पुस्ताले साथ दिने देखिएकाले देउवाको पार्टी नेतृत्व हत्याउने दाउ यसपाला भने दुरुह बन्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार