कांग्रेस महाधिवेशन: कोइराला परिवारमै विवाद
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २०:५८:३१
८ असार, काठमाडौं । नेपाली कांग्रेसले चाधौं महाधिवेशनको मिति तय गरेलगत्तै संस्थापन पक्षमा सभापतिका लागि दुईजनाले दाबी गरे । वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि । उनीहरुबीच सभापतिका लागि जुहारी नै चलिरहेको छ ।
यसपाला देउवालाई सभापतिमा नछाड्ने निधिको अडानले कांग्रेसमा नयाँ ध्रुवीकरणको सम्भावना समेत बनेको छ । निधिलाई देउवाले नछाड्ने बताएसँगै उनको सकृयता ह्वात्तै बढेको छ । संस्थापन इतर पक्षलाई कन्भिन्स गर्न निधिको बढी जोड देखिएको छ । हिजै मात्र उनले महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग घनिभूत वार्ता गरे ।
लगत्तै गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे , बद्री पाण्डे, सरिता प्रसाईंहरुसँग पनि भेट गरे । तर संस्थापन इतर पक्षका दाबेदारहरु भने अहिले रमिते मात्र देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालाहरु भने त्यति तातेको देखिंदैन । यो समूहमा धेरै आकांक्षी छन् । कोइराला परिवारबाट मात्रै तीन जनाले दाबेदारी पेश गरेका छन् ।
डा. शशांक, डा. शेखर र सुजाता कोइरालाले भावी सभापतिको उम्मेदवार हुने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको बिरासत थाम्ने दायित्व र जिम्मेवारीका लागि उनीहरु मैदानमा ओर्लने तयारीमा त छन् । तर परिवारबाट एकजना मात्र उम्मेदवार भए सहज हुने उनीहरुको बुझाइ छ ।
अहिले क्यान्सरमुक्त भएकी सुजातामा पनि नेतृत्वमा पुग्ने हुटहुटी देखिएको छ । तर उनलाई राम्रो थाहा छ– शेखर र शशांकले साथ नदिने हो भने पार लाग्दैन । त्यस्तै शेखरलाई पनि लागेको छ –शशांकले छाड्यो भने मेरो जित निश्चित छ । त्यसैले उनीहरुबीच तत्कालै छलफल गर्ने तयारी भइरहेको बुझिएको छ ।
यसको पहल फेरि पनि सुजाताले गर्ने स्रोतले बताएको छ । सुजाताले दुबै दाजुभाइलाई लञ्च मिटिङको निम्तो दिइसकेकी छन् । सम्भवतः आज भोलि नै उनीहरुबीच भेट हुनेछ । उक्त भेटमा एकजना मात्र उम्मेदवार बनाउने गरी छलफल केन्द्रित हुने बताइएको छ ।
उता, वरिष्ठ नेता पौडेल भने देउवा उम्मेदवार हुने हो भने आफूलाई मैदान छाड्न दोस्रो पुुस्तालाई आग्रह गर्दैछन् । साथै, संस्थापन इतर पक्षको साझा उम्मेदवारका रुपमा आफू नै रहने उनको विश्वास पनि छ । केही दिन हेरौं अनि मात्रै वरिष्ठ नेताले आफ्ना कुरा प्रष्ट पार्नुहुनेछ –पौडेल निकट स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार