आँगनमै औषधि असुरो !
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १४:३१:४३
केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागी नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो ।
हेर्दा सामान्य देखिने र जताततै पाइने जडीबुटी असुरो श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रुपमा प्रयोग गर्ने पुरानै चलन रहेछ । यसको पात, जरामा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेदमा उल्लेख छ ।
असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ । त्यसपछि मैले असुरोको बारेमा बुझ्न कोशिश गरेँ। असुरोका फाइदाका बारेमा धेरै जानकारी पाएँ ।
गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए । त्यसै गरी सुदूरपश्चिममा जाँदा त्यहाँका गाउँलेले असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा घोली खाँदा फाइदा गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए ।
हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पात छायामा सुकाई राखेर उपयोग गर्न सकिन्छ । यसलाई पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा धेरै फाइदा गर्छ ।
असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारु भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ ।
असुरो एक झाडीदार वनस्पति हो । यसको पात ३ इन्चदेखि ८ इन्चसम्म लामो हुन्छ । असुरोमा सेतो रङ्गको फूल फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । यो औषधिको रुपमा पनि प्रयोग हुन्छ । आयुर्वेदमा असुरोको प्रयोगको बारेमा लेखिएको छ “सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइ पनि कम गर्छ । असुरोले श्वास–प्रश्वास प्रणालीमा हुने समस्या कम गर्छ ।“
घाँटी खसखस हुँदा , चिसो लाग्दा पनि यसले फाइदा हुन्छ । कब्जियत भएकोलाई पनि असुरोको पात पकाएर खाँदा फाइदा गर्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरुमा राख्दा कीरा लाग्दैन । कृषकहरुले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागतरुपमै असुरोको पातको प्रयोग गर्छन् ।
यसले जैविक मल र कीटनाशक औषधिको पनि काम गर्दछ । किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ । आयुर्वेदअनुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ । असुरोको पात उमालेर तातो पानीको बाफले धेरै फाइदा पुर्याउन सक्छ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ ।
एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ । तर असुरोको प्रयोग धेरै गर्दा रक्तचाप कम हुनसक्छ । क्याप्सुल खानेहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार