जन्मदिनमा रक्तदान गर्ने प्रचलन शुरु
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १६:२३:२६
९ असार, चितवन । वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पुर्याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गर्दछ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो समूहको रगत प्रशोधन गरेर लिने गर्दछन् ।
आफ्नो ४२ औँ जन्मदिनका अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज सबेरै रक्तदान गरे। त्यसो त उनले आफ्नो रगतलाई प्रशोधन गर्न लाग्ने रु ८५० पनि आफैँले तिरे । उनले जन्मदिनमा रक्तदान गरेको यो छैठौँ वर्ष हो । उनले अहिलेसम्म ५० पटक रक्तदान गरिसकेको छ । उनले भने, “मिल्ने जति सबैले जन्मदिनमा मात्रै रक्तदान गरे पनि अभाव पूर्ति हुन्छ ।” आफ्नो शरीरले मिलेसम्म बाँचुन्जेल रक्तदान गर्ने उनको भनाइ छ । “यस अभियानमा सबैलाई जुट्न म अनुरोध गर्दछु”, उनले भने ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केही दिनअघि नेपाली कांग्रेसका युवा नेता आनन्द राउतले आफ्नो जन्मदिनमा रक्तदान गरेर लाग्ने प्रशोधन खर्च पनि तिरेको थियो । उनको रगत एक बिरामीले निःशुल्क पाएको पौडेलले बताए ।
विगतका वर्षदेखि नै सामाजिक अभियानमा राउत पनि सक्रिय रहेको पौडेल बताउँछन् । यकिन तथ्याङ्क नभए पनि यसरी जन्मदिनको दिन रक्तदान गर्न आउनेहरू बढेको उनको भनाइ छ ।
रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल राजनीति दल र तिनका भ्रातृ र शुभेच्छुक सङ्घ सङ्गठनसँगै विभिन्न संस्थाको सहकार्यका कारण रगत आपूर्ति गर्न सहज हुँदै आएको बताउँछन् । जन्मदिनको दिन रक्तदान गर्ने प्रचलन बढेको भन्दै उनले सबैलाई साथ र सहयोगका लागि अनुरोध गरे ।
जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
क्यान्सरका बिरामी, ठूलो सङ्ख्यामा हुने प्रसूति, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया यहाँ हुने भएकाले रगतको माग बढी भएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताए । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका टोपबहादुरसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
मार्फा गाउँको स्याउ बारी
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार