विघटनसम्बन्धी सुनुवाई सुरु
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १७:५०:१५
९ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्धामा निरन्तर सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले गत जेठ २६ गते आदेश जारी गर्दै आजदेखि निरन्तर सुनुवाइ गर्न पेशी तोकेको थियो।
प्रधानमन्त्री केपी ओलीले गएको जेठ ७ गते मध्यराति गराएको प्रतिनिधिसभा विघटन बदर गर्न आजबाट सर्वाेच्च अदालतको संवैधानिक इजलाशमा वहस सुरु भएको छ । प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले आफूले १४९ जना सांसद्को हस्ताक्षर सहित संविधानको धारा ७६(५) अन्तर्गत सरकार बनाउने दाबा पेश गर्दा राष्ट्रपतिले अस्वीकार गरेको विषयमा आजको सुनुवाई केन्द्रित भएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वमा गठित संवैधानिक इजलाशले देउवाको रिटलाई प्राथमिकतामा राखेर सुनुवाई थालेको छ । इजलाशले जेठ २६गते नै आजबाट निरन्तर सुुनुवाई गर्ने आदेश गरेको थियो । देउवाले १४६ जना सांसद् नै अदालतमा उपस्थित गराई रिट दायर गरेका थिए ।
इजलाशले दुुबै पक्षका कानून व्यावसायीलाई १५-१५ घण्टा वहसको समय उपलव्ध गराएको छ । यस्तै एमिकस क्यूरीका लागि २ घण्टा समयावधि तोकिएको छ । रिटमा देउवाले वहुमत सांसद्को हस्ताक्षरसहित दाबी गर्दा राष्ट्रपतिले जालसाजी गरेको भन्दै प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश माग गरेका छन् ।
रिट निवेदकको तर्फबाट आज ५ जना कानून व्यवसायीहरूले बहस गर्ने छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार