बिजुलीबत्ती नपुगेको दलित बस्तीमा सोलार बत्ती
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:४५:५४
९ असार, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुलीबत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गरे।
यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ ।
आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालीमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार