ओली पर्ख र हेरको अवस्थामा
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २०:५:४
९ असार, काठमाडैं । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा जारी सुनुवाई नटुंगिएसम्म पर्ख र हेरको अवस्थामा बस्ने भएका छन् । हिजो मात्रै प्रतिनिधिसभा विघटन गरेयता आफूले दुईपटक गरेको मन्त्रिपरिषद पुनर्गठनलाई सर्वाेच्चले बदर गरेपछि के गर्ने भन्दै निकट नेताहरुसँग गरेको छलफलमा ओलीले यस्तो धारणा राखेका हुन् ।
अदालतले अनावश्यक रुपमा राजनीति गरेको छ, तर फैसला मान्दिन भन्न भएन – उनले भने – फैसलाको समग्र राजनीतिक पाटो केलाएर मात्रै थप कदम चाल्नु ठीक हुनेछ । अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न बिहानै डाकिएको बैठकमा सहभागी सबैले थप कदम चाल्नु अघि सर्वाेच्चको अर्काे फैसला कुर्न उचित हुने सल्लाह दिएका थिए ।
बैठकमा सहभागी नभएका एक नेताले भने आज ओलीले अब सत्ता त्यागेर पार्टी एकताको सन्देश दिने काम गर्लान् भन्ने अपेक्षा गरिएकोमा त्यसो नभएको बताए । हुन त ओलीले सत्ताकै लागि यो सबै बबण्डर मच्चाएका हुन् त्यसैले त्याग्ने त सम्भावना थिएन भन्दै उनले तर सर्वाेच्चले हरेक ठाउँमा संविधान मिचिएको भन्दै सच्याउन आदेश दिंदा नैतिकता र पार्टी एकतालाई बल पुग्ने हिसावले राजीनामा नै दिनुपथ्र्यो – उनले भने ।
बरु आज त ओलीले सर्वाेच्चले चार जना मन्त्रीलाई मात्र लिएर काम गर्न आदेश गरेकाले जनताका पीरमर्का उपर प्रभावकारी काम गर्न नसकिने गुनासो गरेका थिए ।
त्यसैले पनि बुझ्न सकिन्छ कि ओली कुनै हालतमा पनि सत्ता त्याग्न चाहन्नन् – ती नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार