पर्वतको भोर्ले एक हप्ताका लागि सिल
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २०:५८:३५
९ असार, पर्वत । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो ।
पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रका नागरिक एक सातासम्म अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शववाहन तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू उक्त क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले आदेश दिएको छ । उक्त आदेशको अवज्ञा गरे कानूनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए।
मङ्गलबार गरिएको परीक्षणमा एउटै बस्तीमा ठूलो सङ्ख्यामा संक्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । उनले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएकोसमेत बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार