कञ्चनपुरमा लागुऔषधको कारोबार ह्वातै बढ्यो
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २१:७:०
९ असार, महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०७२–७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालु आवको हालसम्म १२३ लागुऔषधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागुऔषधको तस्करी जारी रहेको बताए।
बितेका केही महिनामा २०१ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् । “लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागुऔषधको कारोबारमा संलग्न रहेको पाइयो”, प्रवक्ता थापाले भने, “यो बीचमा दश भारतीय र चार महिलासमेत कानूनको दायरामा आएका छन् ।”
प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागुऔषध नियन्त्रणका लागि उहाँले अभियान नै सञ्चालन गरेको छ ।
‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागुऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ ।
“अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ”, थापाले भने, “लागुऔषध सेवनकर्ताबाटै यहाँ बढी घटा घटेको तथ्याङ्क छ ।” प्रहरीको तथ्याङ्कअनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३–७४ मा २२ मुद्दा, २०७४–७५ मा ५०, २०७५–७६ मा ४६ र २०७६–७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएको थियो ।
यहाँ प्रहरीको लागुऔषध अनुसन्धान ब्यूरो, सादा पोशाकमा प्रहरी परिचालन हुनाका साथै जिल्लाका अन्य प्रहरी युनिटसमेत परिचालित छन् । जिल्लामा लागुऔषधको बढी कारोबार हुने क्षेत्रमा बेलौरी, पुनर्वास, बेल्डाडी र दोधारा चादँनी रहेका छन् ।
“राजमार्गको उत्तरतिर चरेसलगायत अन्य लागुऔषधको कारोबार हुन्छ”, प्रवक्ता थापाले भने, “दक्षिणतिर खैरो हिरोइनको कारोबार बढी देखियो ।” प्रहरीले चालु आवमा ८२० ग्राम ३५६ मिलिग्राम खैरो हिरोइन, अढाई किलोग्राम चरेस, ६३० ट्याबलेट नाइट्राभेट लगायतका लागुऔषध बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार