न्यूजील्याण्डमा किशोर किशोरीलाई काेराेना खोप दिइने
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २२:२८:४८
९ असार क्राइस्टचर्च, न्यूजील्याण्ड । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो । यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।
अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् ।
तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ । पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ ।
अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ । किशोरकिशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार