कंगना इन्दिरा गान्धीको बायोपिकका लागि तयार
नेपालबहस संवाददाता
असार ९, २०७८ बिहिबार ४:३४:३०
बलिउडकी नायिका कंगना रनावत इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । उनले एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् ।
यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भैरहेको उल्लेख गरेकी छिन् । यो चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन् ।
कंगनाले तस्वीर सार्वजनिक गर्दै आफ्ना लागि हरेक नयाँ भूमिका नयाँ यात्राको सुन्दर सुरुवात भएको उल्लेख गरेकी छिन् । उनले, चलचित्रका लागि शरीर र अनुहारको स्क्यान गरेको लेखेकी छिन् । उनले, कुनै पनि चर्चित व्यक्तिको बायोपिकमा काम गर्दा पर्दामा उसको चरित्र जिवन्त रुपमा उतार्न आवश्यक रहेको पनि लेखेकी छिन् ।
तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी २३’ अप्रिल महिनामा रिलिजको तयारीमा थियो । तर, कोरोनाको दोश्रो लहरका कारण यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । कंगना चलचित्र ‘धाकड’मा पनि काम गर्ने तयारीमा छिन् ।
यस्तै, कंगना चलचित्र ‘तेजस’मा पनि काम गर्ने तयारीमा छिन् । बलिउडका निर्माता, निर्देशक तथा कलाकारसँग विवादमा रहेपनि कंगनालाई कामको अभाव भने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार