भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार
नेपालबहस संवाददाता
असार ९, २०७८ बिहिबार ४:३८:३
भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भएका छन् । यसैबीच, भारतमा ओटीटी प्लेटफर्मको नयाँ खेल सुरु भएको छ । यो खेलमा बलिउडका चर्चित नायक–नायिकाहरुलाई आकर्षित गर्नका लागि ओटीटी संचालकहरुले महंगो रकम खर्च गरिरहेका हुन् ।
पहिलो चरणको लकडाउनपछि भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भएको छ । योसँगै भारतका धेरै दर्शकहरु ओटीटीमा जोडिएका पनि छन् ।बलिउड चलचित्रका नायकहरुलाई महंगो पारिश्रमिकमा गरिएको अफरले यो कुराको पुष्टी गर्दछ कि, ओटीटीका संचालकहरु आफ्नो बजार अब दर्शकको ठूलो संख्यामाझ विस्तार गर्न चाहन्छन् ।
नायक अजय देवगणले एक वेव सिरिजका लागि १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको खबर सार्वजनिक भैसकेको छ । यस भन्दा अगाडि नायक अक्षय कुमारलाई पनि ९० करोड पारिश्रमिकको अफर गरिएको थियो ।
यस्तै, कलाकार मनोज बाजपेयीलाई पनि वेव सिरिजका लागि २० देखि २२ करोडको अफर आइसकेको छ । ओटीटी संचालकहरुले ओटीटीमा उत्कृष्ट काम गरेका कलाकारसँग बलिउड कलाकारको पनि आवश्यकता महशुश गर्न थालेका छन् ।
कतिपय विश्लेषकहरु अब ओटीटीमा पनि बलिउडमा जस्तै स्टारको क्रेज सुरु हुने विश्लेषण गरिरहेका छन् भने अर्कोतिर ओटीटी बलिउड भन्दा फरक रहेको तर्क पनि हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने
बैशाख १०, २०८१ सोमबार
सलमान खानको 'सिकन्दर' को सुटिङ अर्को महिनादेखि सुरु
बैशाख १०, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार