बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १३:५:२९
१० असार, बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको नवौँ नगरसभामा आव २०७८/७९ को नीति तथा कार्यक्रम शुरु भएको छ । नीति तथा कार्यक्रममा भर्खरै सञ्चालनमा ल्याएको आरसी थारु मेमोरियल नगर अस्पतालमा आकस्मिक सेवा पूर्ण निःशुल्क गर्ने र अस्पतालको सेवाहरु सर्वसुलभ गरिने बताइएको छ ।
नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ‘कबिर’ले नेपालका पालिकामध्ये सबभन्दा पहिले स्वास्थ्य ऐन पास गरेर सिलसेल उपचार अस्पतालको रुपमा सञ्चालन गरिने जानकारी दिए । उनले सो अस्पताललाई आगामी आर्थिक वर्षदेखि सिलसेलका रोगीलाई विपन्न गरीब उपचार सेवाअन्तर्गतको एक लाख रुपैयाँ बराबरको उपचार नीति रहेको बताए ।
यसैगरी बारबर्दियाका नगर अस्पताल तथा स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले निःशुल्करुपमा वितरण गर्न तोकिएका औषधिहरु बाह्रै महिना उपलब्ध गराइने भएको छ ।
शिक्षा क्षेत्रमा पूर्णरुपमा निःशुल्क गर्ने, शहिद विष्णु धनि स्मृति बहुप्राविधिक शिक्षालयमा चाटर्ड एकाउन्टेण्टको विषय पढाउने, स्मार्ट बाल विकास केन्द्र बनाउने, विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन शैक्षिक मेला, प्रदर्शनी जस्ता कार्यक्रमहरु गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै स्मार्ट कृषि गाउँहरु बनाउने र प्रविधिमैत्री तथा मसिनो धान प्रशोधन केन्द्र सञ्चालन गरी बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति लिएको छ ।
यसैगरी नीति तथा कार्यक्रममा युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने, सुकुम्बासी तथा बस्ती व्यवस्थापनमा जोड दिने, सार्वजनिक जग्गाको खोजी गरी वडाको संरक्षणमा रहने व्यवस्था मिलाउने जस्ता लोकप्रिय कार्यक्रमहरु रहेको छ ।
बरघर ऐनलाई कार्यान्वयनमा ल्याउने, मेलमिलाप सेवालाई अझ प्रभावकारी बनाउने उल्लेख गरिएको छ । बिहीबार नीति तथा कार्यक्रममा छलफल गरी आव २०७८/७९ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोे नगर उपप्रमुख अञ्जु दहितले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार