Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

अवरुद्ध प्रशासनद्वारा सेवा शुरु गर्न बार निर्धारण

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार ०७:३१


१० असार, वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः शुरु गर्ने जनाएको छ । कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो ।

नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो । थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मंगलबार र बुधबार आउन भनिएको छ ।

त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

कोरोनाको संक्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्यरू मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?