विपक्षी गठबन्धनले सम्पादकसँग अन्तक्रिया गर्ने
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:१६:४२
१० असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता नछाड्ने नीतिलाई मात्र केन्द्रमा राखेर चल्ने संकेत गरेपछि विपक्षी गठबन्धनले त्यसको प्रतिकारमा कानूनी र राजनीतिक लडाईं एकैपटक सुरु गर्ने भएका छन् ।
हिजो साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पाँच दलीय गठबन्धन बैठकमा नेताहरुले विस्तारै सडक आन्दोलनलाई समेत अंगाल्ने निर्णय गरेको छ ।
त्यसका लागि ओलीविरुद्ध समाजका सबै वर्ग र तप्कालाई जागरुक गराउने नीति पनि गठबन्धनले तय गरेको छ । सोही अनुरुप आज दिउँसो गठबन्धनले वरिष्ठ पत्रकार र सम्पादकहरुसँग अन्तक्र्रिया गर्ने भएका छन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित संसद भवनमा गठबन्धनले सम्पादकहरुसँग अन्तक्रिया गर्न लागेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । हिजोको बैठकले नागरिक समाजसँग समेत यस्तो छलफल र अन्तक्रिया गर्ने निर्णय गरेको थियो ।
ओलीको सर्वसत्तावाद विरुद्ध सडक संघर्ष नै गर्नुपर्ने वाध्यता आइलागेको बुझाई गठबन्धनको देखिएको छ । सत्ताका लागि जोसँग र जस्तोसुकै सम्झौता गर्न अग्रसर भएका ओलीलाई रोक्न अब नागरिक समाज नै सडकमा आउनुपर्ने उनीहरुको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार