वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:३९:२४
१० असार, वालिङ । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको वडाध्यक्ष आनन्दप्रसाद पाठकले बताए ।
विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को संक्रमणका कारण विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित भएकाले वडा शिक्षा समितिको बैठकबाट वैकल्पिक विधिबाट पठनपाठनलाई जोड दिने गरी विद्यार्थीको घर–घरमा इन्टरनेट जडान गर्न सहयोग गरिने वडाध्यक्ष पाठकले बताए ।
“विद्यार्थीलाई प्रविधिमैत्रीसँगै वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि अभियानको रुपमा अगाडि बढेका छौँ”, वडाध्यक्ष पाठकले भने, “कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावित पारेका बेला फेरि तेस्रो लहर आउने भन्ने कुरा सुनिएकाले त्यसको पूर्वतयारी स्वरुप वैकल्पिक विधिलाई थप प्रभावकारी बनाउनका लागि इन्टरनेट जडान गरिदिने निर्णय गरेका हौँ ।”
इन्टरनेट जडानका लागि विभिन्न चार वटा सेवाप्रदायक संस्थाहरुसँग छलफल भएको र उक्त संस्था पनि सकारात्मक रहेकाले यो अभियान प्रभावकारी हुनेमा वडा कार्यालय विश्वस्त रहेको वडाध्यक्ष पाठकले बताए। वडाभित्र आठ वटा सामुदायिक विद्यालय, दुई वटा संस्थागत विद्यालय र एउटा बहुप्राविधिक शिक्षालय रहेका छन् ।
“यसअघि भएका भर्चुअल कक्षा सञ्चालनका क्रममा कतिपयमा इन्टरनेटको असुविधाका कारण मोबाइलको डाटा चलाउनुपर्ने बाध्यता रहेको गुनासो सुन्यौँ”, वडाध्यक्ष पाठकले भने, “डाटाबाट नेट ढिलो चल्ने भएकाले पठन पाठनमा प्रभावकारी र उपलब्धीमूलक हुन सकेन, त्यसैले अब वडा कार्यालयले अति विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिदिने तयारीमा छौं ।” भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक पर्ने तालिम तथा अभिमुखीकरण प्रत्येक विद्यालयमा तीन÷तीन दिन सञ्चालन गर्ने कार्य शुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार