ओली पक्ष सल्लाह लिंदै, महन्थ–राजेन्द्र समीक्षा गर्दै
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:४५:४६
१० असार, काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई प्रधानमन्त्री केपी ओलीले कसरी विश्लेषण गरेका होलान् ? यतिखेर यो जिज्ञाशा धेरैलाई छ । सरकारले लिएका एकपछि अर्काे निर्णय विवादमा पर्ने र सर्वाेच्च अदालतले बदर गर्ने श्रृँखलाले ओलीको मनमस्तिक खल्बलिएको छ । यसको पछिल्लो चोट अस्ती मंगलबार २० जना मन्त्रीहरुको नियुक्ति बदर भएपछि ओलीलाई परेको छ ।
अदालतसँग सेटिङ मिलाएको भन्दै पटक पटक आलोचना खेपेका ओली अहिले उल्टो दिशामा घटनाक्रम बढ्दा आत्तिएका पनि छन् । सत्ता नै राजनीतिको एकमात्र अभिष्टका रुपमा ओलीले स्वीकारेको देखिन्छ । त्यसैले राजनीतिक रुपमा उनलाई सबैतिरबाट प्रहार हुँदा साथ दिने जनता समाजवादी पार्टीको महन्थ – राजेन्द्र पक्षलाई सत्ता सहयात्री बनाउन नपाउँदा ओली विक्षिप्त देखिएका छन् ।
सर्वाेच्च अदालतले पदमुक्त गरिसक्दासमेत ओलीले उनीहरुलाई मन्त्री निवास र सवारीसाधन नछाड्नु भनेर दिएको निर्देशन त्यसैको परिणाम हो । ओली विक्षिप्त नभएको हुन्थ्यो भने सायद यस्तो गैरजिम्मेवार निर्देशन दिने थिएनन् । अब कसरी अगाडि बढ्ने ? ओली आफैं अल्मलिएका छन् । हिजो उनले निकट केही स्थायी कमिटी सदस्यहरुलाई बोलाएर सल्लाह लिए । सहभागी अधिकांशले सत्ता नछाड्न र संघर्ष कायमै राख्न सल्लाह दिए ।
आज भने उनले निकट कानून व्यवसायीहरुसँग सल्लाह गरेका छन् । उनीहरुले पनि सर्वाेच्चको फैसला कार्यान्वयन नगर्नुको विकल्प छैन भन्दै एकपटक भ्याकेटमा जाने हो की भन्ने सल्लाह समेत दिए । तर अधिकांशले भने प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाई नटुंगिएसम्म पर्ख र हेरकै अवस्थामा रहँदा राजनीतिक लाभ पुग्ने सल्लाह दिएका छन् ।
ओलीले सबैको सल्लाह लिएपनि आफ्नो धारणा भने व्यक्त गरेनन् । उनले केवल अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने जिज्ञाशा मात्रै राखेको स्रोतको भनाई छ । कसैले पनि राजीनामा गरेर राजनीतिक निकास दिन भने नसुझाएको स्रोतले बतायो । केही निकट नेताले भने ओलीलाई पार्टी भित्रको विवाद सुल्झान सके सहज हुने सल्लाह दिएका छन् । उनीहरुले माधव नेपाल पक्षसँग सहमति बन्यो भने मात्रै ओलीको संकट टर्न सक्ने बताएका थिए ।
ओली पनि अब केही निकट नेतासँग एक चरण छलफल गरेर माधव नेपालसहितको स्थायी कमिटी बैठक डाक्ने तयारीमा छन् । यसका लागि एक दुई दिन अझै ओलीले छलफल गर्ने बुझिएको छ ।
उता, बल्लतल्ल सत्तामा पुगेको तीन साता नपुग्दै सर्वाेच्च अदालतको अन्तरिम आदेशले बाहिरिनु परेको जसपा महन्थ – राजेन्द्र समूहले पनि आजै पार्टीको औपचारिक बैठक गर्दैछ । बबरमहलस्थित पार्टी मुख्यालयमा अहिले नेताहरु भेला भइरहेका छन् । आज समसामयिक राजनीतिक परिवेश तथा निर्वाचन आयोगमा बुझाउनुपर्ने कागजातका बारेमा तयारी गरिने बताइएको छ ।
ओलीसँगको सहकार्यले पार्टीलाई फाइदा भन्दा क्षति पुगेको भनाई पनि कतिपय नेताको रहेको छ । आज यसबारे पनि छलफल गरिने छ । तर उपेन्द्र यादव पक्षसँग झुकेर सम्झौता भने नगर्ने उनीहरुको तयारी रहेको छ । यसका लागि आवश्यक परे कानूनी लडाईं लड्ने उनीहरुको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार