धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:४९:५४
१० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अल्पमतको सरकार नटिक्ने विगतको अनुभवले गर्दा यसपटक संविधानको धारा ७६ (५) को व्यवस्था गरिएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज दोस्रो दिनको सुनुवाईमा बहस गर्दै उनले भने –उक्त धाराको व्यवस्था भनेको प्रतिधिनिसभा जोगाउने ब्रम्हास्त्र हो ।
हाम्रो जस्तो देशमा पटक पटक चुनाव गर्न नसकिने भएकैले उक्त व्यवस्था गरिएको हो – श्रेष्ठले भने–प्रतिनिधिसभा जोगाउन स्वतन्त्र व्यक्तिले समेत बहुमत पाउन सक्छ भन्ने सोच हो ।
साथै, राष्ट्रपति भनेको कुनै दैविक शक्ति नभएकाले उनका हरेक काम र निर्णयप्रति प्रश्न उठाउन सकिने पनि उनले तर्क गरे । प्रधानमन्त्रीलाई निरंकुश बनाउने काम नै राष्ट्रपतिबाट भएको उनको भनाई छ ।
प्रधानमन्त्रीले गलत गर्दा नरोकेर उल्टै जे आयो त्यसैलाई सदर गर्ने काम भएकाले यो अवस्था आएको उनले बताए । प्रधानमन्त्रीले गलत गर्दा त्यसलाई सच्याउने वा सचेत गराउने काम राष्ट्रपतिको हुनुपर्नेमा ओलीको शुद्ध कार्यकर्ताका रुपमा आफूलाई उभ्याउने काम भएको भन्दै आलोचना गरे ।
हिजो राजाले गरेका कतिपय निर्णयमा प्रश्न उठेको भन्दै श्रेष्ठले गणतन्त्रमा राष्ट्रपति संविधान भन्दा माथि नरहने प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार