प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १९:५७:४
१० असार, सिन्धुली । सिन्धुली प्रहरीले आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा लिएको छ । सुनकोशी गाउँपालिका-१ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गौरबाट काभ्रे बनेपातर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ००६६ नम्बरको बसका चालक धादिङ सिद्धलेख गाउँपालिका-१ बस्ने ४३ वर्षीय भीम बहादुर सिलवाल र सहचालक पर्सा परवानिपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय जमिल अख्तर मनसुरी रहेका छन् ।
अनुमति बिना बस चलाएको पाइएपछि सह-चालक जमिलले बस छाडिदिनु पर्यो भनि उक्त नगद दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उक्त बसमा सबार २९ जना ब्यक्तिहरुलाई गन्तब्यसम्म पुर्याउन आवस्यक व्यबस्था गरी पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार