कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:८:९
१० असार, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ का लागि रु ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार रु ४८ करोड २ लाख ७३ हजारको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । विनियोजित रकममध्ये चालु खर्चतर्फ रु २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ रु २२ करोड ५२ लाख निर्धारण गरिएको उनले जानकारी दिए ।
अध्यक्ष अन्सारीका आुसार ‘पर्याप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएकोे छ । ‘गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने लक्ष्यका साथ प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित ग्राभेल सडकमा स्तरोन्नती गरिने नीति लिएको बताउँदै उहाँले ‘एक वडा एक गौरव योजना’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तिमा रु पाँच करोड लागतको एउटा योजना पहिचान गरी कार्यान्वयन गर्ने नीति लिएको जानकारी दिए ।
गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारणा अनुसार गाउँपालिकाभित्र रहेका ऐलानी–सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ । गाईभैंसी सुन्दरी प्रतियोगितालाई निरन्तरता दिदैं गाउँपालिकाले किसानको मनोबल उच्च पार्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको अध्यक्ष अंसारीको भनाइ छ ।
सभामा वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउँपालिकाका तीन जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुरलाई पुरस्कृत गरिएको गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत गिरी र नायब सुब्बा मेहतालाई सम्मानपत्रसहित नगद रु एक लाख तथा प्राविधिक ठाकुरलाई नगद रु २५ हजार सहित पुरस्कृत गरिएको छ ।त्यस्तै चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व असुली गर्ने कोशी गाउँपालिका वडा नं १ लाई समेत पुरस्कृत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार