आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:३:५३
१० असार, काठमाडौं । नेपालले स्पेनमा खेल्ने क्रिकेट सिरिज स्थगित भएकाे छ । कोभिड-१९ को महामारीका कारण नेपालले आउँदो जुलाई अन्तिममा खेल्ने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ ‘क्यान’ ले आज एक सूचना जारी गरेकाे जनाएकाे हाे ।
कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ ‘क्यान’ ले जनाएको छ । सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।
सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए । तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार