कृष्णगोपाल मन्त्री बन्न अयोग्यः विवेकशील साझा
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:२२:२२
१० असार, काठमाडौं । मन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्ति नै समाजमा कुरीति र भेदभाव बढाउन अग्रसर भएको भन्दै विवेकशील साझा पार्टीले कडा विरोध जनाएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दलित भएकै कारण कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी एक महिलालाई शक्तिको आडमा मुक्त गराएको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ – मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य ठहरिए । जातीय विभेद र छुवाछुतको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेकी महिलालाई जमानतमा छुटाउन मन्त्रीजस्तो व्यक्ति प्रहरी कार्यालय नै जानुले अनुसन्धान नै प्रभावित भएको भन्दै यस्तो कार्य निन्दनीय रहेको छ– विज्ञप्तिमा उल्लेख छ ।
समाजमा रहेको यस्तो विभेदपूर्ण कार्यको मन्त्रीले विरोध गर्नुपर्नेमा उल्टो आफू चढ्ने सरकारी गाडीमा बोक्नु गलत भएको पनि उल्लेख छ ।सञ्चारकर्मी रुपा सुनुवारलाई दलित भएकै कारण बबरमहलकी सरस्वती प्रधानले डेरा भाडा नदिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार