रौतहटमा नगरसभा बिथोल्न प्रभु साह पक्षधरबीच झडप, आठ प्रहरीसहित दस घाइते
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २१:५९:१६
१० असार, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा चलिरहेका बेला नगरसभा बिथोल्न ढुंगामुढा भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेताकार्यकर्ताले नगरसभा बिथोल्ने प्रयास गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबीच झडप भएको हो।
झडपका क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको थियाे । उनका अनुसार झडपमा परेर एक असईसहित पाँच नेपाल प्रहरी र तीन सशस्त्र प्रहरीका जवान घाइते भएका छन्।
दुई जना सर्वसाधारण घाइते रहेको बताइएकाे छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए। पूर्वमन्त्रीसमेत रहेका साह माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए। मौलापुर नगरपालिकाको नगरसभा तनावका बीच सम्पन्न भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार