राससका महाप्रबन्धक राईको पदबहाली
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २२:९:२१
१० असार, काठमाडौं । राष्ट्रिय समाचार समिति ‘रासस’ का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन् ।
भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारीले बधाई दिनुभयो भने उपस्थित विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरे । सो अवसरमा महाप्रबन्धक राईले राससको समाचार सेवालाई गुणस्तरीय, प्रभावकारी र छिटोछरितो बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यरत समाचारदाता तथा पत्रकारलाई स्रोत साधनसम्पन्न बनाएर खुशी तुल्याउन नसकेसम्म गुणस्तरमा सुधार नहुने बताए ।
धनकुटाको शहीदभूमि गाउँपालिका–३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने ‘न्यूज टाइम्स’साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेका छन् ।
राईले केन्द्रबाट निस्कने ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक हुँदै ‘नागरिक दैनिक’मा काम गरिससकेका छन् । उनी अहिले काठमाडौंबाट प्रकाशन हुने ‘देखापढी’ डटकममा सम्पादकका रूपमा काम गरिरहेका छन । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार