Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार १९:१५


१० असार, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा चन्दननाथ नगरपालिका–७ जुम्ला महतगाउँ निवासी नृपेन्द्र महत नियुक्त भएका छन् । जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय पदावधि सकिएपछि उक्त पद खाली थियो ।

प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले असार ३ गते महतलाई रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णण गरेको जनाइएको छ ।

यही बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिए । व्यवस्थापन र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका नवनियुक्त रजिष्ट्रार महतले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर संस्थाको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्ण जिम्मेवारी निर्वाह गर्ने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?