Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

लमजुङमा आठ स्थानीय तहको बजेट साढे ४ अर्ब !

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार २२:१०


१० असार, लमजुङ । लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो ।

जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका छन् । यी मध्ये केहीले बुधबार र अधिकांशले आज बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरेको बजेटमध्ये ४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । ४ वटा गाउँपालिकाले १ अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

यहाँका पालिकामध्ये सबै भन्दा बढी बजेट सुन्दरबजार नगरपालिकाको ७३ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिल्लाकै सदरमुकाम तथा सुविधा सम्पन्न बेँसीशहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै, राइनास नगरपालिकाले ६१ करोड ५८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने, मध्यनेपाल नगरपालिकाले ६७ करोड ८८ लाख ९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

दोर्दी गाउँपालिकाले अनुमानित ६२ करोड १८ लाख ५२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । त्यस्तै, मस्र्याङदी गाउँपालिकाले ४८ करोड २७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । दूधपोखरी गाउँपलिकाले ४० करोड ५८ लाख ५८ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सबै भन्दा कम क्व्होलासोंथर गाउँपालिकाले ३१ करोड ३६ लाख १४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?