Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार २२:२३


१० असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।

आज आयोजित सातौँ नगरसभामा नगरकी उपप्रमुख पवित्रा महताराले पूर्वाधार विकासलाई रु ५६ करोड १४ लाख ५० हजार प्रस्तावसहित बजेट प्रस्तुत गरिन ।  नगरले आर्थिक विकासमा रु  २८ करोड २७ लाख, सामाजिक विकासमा रु ३८ करोड दुई लाख १४ हजार ५००, वातावरण तथा विपद् व्यवस्थापनमा रु  ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास प्रशासनिक र चालु खर्च समेत रु  ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले चालु खर्च रु  ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च रु  ६६ करोड ४२ लाख ६५ हजार ५०० तथा सामाजिक सुरक्षा वापत रु। २० करोड गरी कुल रु एक अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?