Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि बेलायतका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०९:४३


१३ असार, एजेन्सी । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । कोरोना महामारीका बीच बेलायतका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका हुन्।

आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिन बाध्य भएको बीसीसीले जनाएको छ ।

उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी मागेको समाचारमा जनाइएको छ ।

सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् । बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ ।

गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा संक्रमण पाइएको छ भने यो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?