एनएमबि लघुवित्तको क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार १६:४४:५४
१३ असार, काठमाडाैं । एनएमबि लघुवित्त वित्तीय संस्थाले एस.बी.सोलुसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीको सुरुवात गरेको छ । यसले इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइजकाे काम गर्ने बैंकले जनाएको हाे ।
एनएमबि लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एस.बी. सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुबित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखि न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्ने बैंकले जनाएको छ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याङ्कनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।
यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार