जिवनमा कसरी सफलता प्राप्त गर्ने ? यस्ता छन् सुत्र
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १६:९:१४
संसारमा दुईथरी मानिस छन्: सफल र असफल । सफल मानिसले के गरेर लगातार सफलता हासिल गरेका हुन् अनि असफल मानिसले कुन गल्ती बारम्बार दोहो–याएर असफल भइरहेका हुन् ? तपाईं पनि सफल बन्न चाहनुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्छ । के हुन् ती कुरा ?
सही लक्ष्य
तपाईं आफूवरिपरिको वातावरणबाट प्रभावित भएर गलत लक्ष्य छान्न सक्नुहुन्छ । नबुझेको र रुचि नभएको क्षेत्रलाई तपाईंले छान्न सक्नुहुन्छ । यसो हुँदा तपाईं अघि बढ्नुको साटो पछि पर्दै जानुहुन्छ । त्यसैले आफ्नो रुचि रहेको र बुझेको क्षेत्र नै छान्नुहोला ।
एकाग्रता
आफ्नो रुचिको लक्ष्य निर्धारण गरेपछि त्यस लक्ष्यलाई पाउनका लागि तपाईंमा एकाग्रता हुनु जरूरी हुन्छ । तपाईंको दृष्टि लक्ष्यसँग जोडिएका सबै कुरामा हुनुपर्छ । एकाग्रता सफल व्यक्तिहरूको गुण हो ।
शक्ति प्रयोग
आचार्य चाणक्यको नीति अपनाएर तपाईं आफ्ना लागि सफलताको बाटो खोल्न सक्नुहुन्छ । यस नीतिअनुसार जुन काम गरेपनि पूरै शक्तिका साथ गर्नुपर्छ । जतिसुकै ठूलो वा सानो काम भएपनि शक्ति लगाएर गर्नुपर्छ । अवश्य सफल भइन्छ ।
जिम्मेवारी वहन
सफल व्यक्तिहरू आफूले उठाएका हरेक कदमको जिम्मेवारी आफैं लिन्छन् । यसो गर्दा उनीहरूमा निर्णयप्रति सतर्कता बढ्छ र सोचविचार गरेर कुनै लक्ष्यसम्म पुग्ने गुण विकसित हुन्छ । यसबाट नै सफलताको सिँढी चढ्न सजिलो हुन्छ । असफल मानिसहरू नबुझिकनै हतारमा निर्णय लिन्छन् र अपेक्षाविपरीतको परिणाम आएमा त्यसको दोष अरूमाथि थोपर्छन् ।
गल्तीबाट सिक्ने
प्रत्येक व्यक्तिले गल्ती गर्छ तर विवेकशील मानिसले गल्ती दोहो–याउँदैन । सफल हुनका लागि गल्तीबाट सिकेर अघि बढ्नु आवश्यक हुन्छ ।त्यस्तै समयको भरपूर सदुपयोग गर्ने, सफल मानिसको संगत गर्ने, सकारात्मक दृष्टिकोण राख्ने, आफूमाथि विश्वास गर्ने मानिस पनि सफल हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ के हो, यो किन महत्वपूर्ण छ ?
बैशाख ५, २०८१ बुधबार
महिलाले राम्रो स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरा के हुन् ?
चैत ३०, २०८० शुक्रबार
टाउको दुखे तुरुन्तै पेनकिलर नखानुहोस्, यसले रोगको जोखिम बढ्छ
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार