२० श्रावण २०७८, बुधबार

कोभिड–१९ बाट संक्रमित शेयरसदस्यहरुलाई पौष्टिक आहार वितरण

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार १६:०३


१५ असार, झापा । विश्वब्यापी महामारीको चपेटाले सिंगो मुलुक आक्रान्त बनेको बेला सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड झापाले कोभिड–१९ बाट संक्रमित शेयरसदस्यहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।

नेपाल बहश डटकमसँग क’राकानी गर्दै सिम्रिक साकोसका कार्यकारी प्रमूख कमल बहादुर बस्नेत आफ्ना शेयर सदस्यहरुका लागि बिशेष प्याकेजको कार्यक्रम ल्याएको बताए ।

आफ्ना शेयर सदस्यहरु मध्ये कोरोना संक्रमित भई उपचार गराईरहेका र कोरोनालाई परास्त गरेर पुर्नजिवन प्राप्त गरेका आफ्ना प्रत्येक शेयर सदस्यहरुलाई पौष्टिक आहार वितरण शुरु गरेको सूचना अधिकृत बिजय पाण्डेले जानकारी दिए ।

केन्द्रिय कार्यालय विर्तामोड, झापामा रहेको यस संस्थाले झापा, इलाम र मोरङ्ग जिल्लामा रहेका आफ्ना ३० वटै सेवा केन्द्रहरुबाट आफ्ना संक्रमित शेयर सदस्यहरुलाई उनिहरुकै घर दैलोमा पुगेर पौष्टिक आहार वितरण गर्न सुचारु गरेको छ ।

शेयर सदस्यहरुको बरदान बनिरहेको सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुको हर सुख दुःखमा साथ दिने कामलाई प्राथमिकतामा राखेर आफ्ना गतिबिधिहरु सञ्चालन गर्न थालेसँगै प्रदेश नं. १ का ३ जिल्ला झापा, मोरङ्ग र ईलाममा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. प्रति सदस्यहरुको आकर्षण ह्वात्तै बढेको संस्थाका आई.टि. बिभाग प्रमूख याम बिष्टले बताएका छन् ।

सदस्यहरुलाई समस्या पर्दा सहकारी संस्था रमिते बनेर नबस्ने भन्दै आई.टि. बिभाग प्रमूख बिष्टले हरसंभव र यथाशक्य चाँडो संक्रमित सदस्यहरुको बिबरण केन्द्रिय कार्यालयमा पठाउन ३० वटै शाखाका शाखा प्रमूखहरुलाई आग्रह समेत गरेका छन् ।

आफ्ना शेयर सदस्यलाई अभिभावकको दर्जा दिएको यस संस्थाले विगतका दिनहरु देखि नै आफ्ना शेयर सदस्यहरुको हरेक सुख र दुःखमा सहभागिता जनाउँदै यस संस्थाले कोभिड–१९ बाट संक्रमित हुनुभएका शेयरसदस्यहरुलाई प्रतिरक्षा (IMMUNITY) बढाउनका निम्ती पौष्टिक आहार वितरण गर्न थालिएको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?