२० श्रावण २०७८, बुधबार

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार ११:५४


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुनः शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

शेयर रजिष्ट्रारको लागि सनराइज क्यापिटलसँग भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारको काम कारबाही गर्न सनराइज क्यापिटलसँग सम्झौता गरको हो । अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलबाट हुनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?